संविधान निर्माणपछि एमाले आर्थिक विकासमा केन्द्रित : नेता नेपाल

तनहुँ, ३ असार – एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताउनुभएको छ ।

नेकपा (एमाले) तनहुँको ९औँ व्यासनगरपालिकाको आज दमौलीमा आयोजित उद्घाटन कार्यक्रममा नेता नेपालले विगतमा एमालेले राजनीतिक क्रान्तिको अगुवाइ गरेकोले अब आर्थिक, सामाजिक र सांस्कृतिक क्रान्तिको अगुवाइ गर्ने बताउनुभयो ।

एमालेको नेतृत्वमा नै देश अघि बढ्न सक्ने चर्चा गर्दै नेता नेपालले नेपाली जनताले समेत एमालेकै नेतृत्वमाथि आशा गरेको बताउनुभयो ।

संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेको भन्दै उहाँले स्थानीय निकायको चुनाव, प्रदेशको चुनाव र केन्द्रीय संसद्को चुनावको प्रक्रिया डेढ वर्षभित्र सम्पन्न हुने उहाँले दाबी गर्नुभयो । उक्त अधिवेशन असार ३ र ४ गतेसम्म हुने बताइएको छ ।