बसको ठक्करबाट साइकल यात्रुको मृत्यु

वैशाख १०, सिरहा –  सिरहाको गोलबजारमा यात्रुवाहक बसको ठक्करबाट साइकल यात्रु ईन्द्रबहादुर थापाको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोलबजारमा  बा २ ख १०७९ नम्बरको बसले गएराति ठक्कर दिँदा ओखलढुङ्गा घर भई गोलबजार नगरपालिका–७ डेरा गरी बस्ने ४५ वर्षीय थापाको मृत्य भएको इप्रका गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए।

ठक्कर दिने बसलाई नियन्त्रणमा लिएको र फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।