फेसबुकबाट २३ युवती ठग्ने प्रहरी खोरमा

वैशाख १०, काठमाडौं– फेसबुकबाट चिनजान गरी प्रेमकोनाटक गरी ठगी गर्ने जीवन तामाङ भन्ने मनबहादुर तामाङ जेल चलान भएका छन्।

काठमाडौं जिल्ला अदालतले तामाङलाई बुधवार पुर्पक्षका लागि कारागार चलान गरेको हो। उनले २३ युवतीलाई बिहे गरेर अमेरिका लैजाने भन्दै ठगी गरेका थिए। उनले युवतीहरुबाट करिब एक करोड रुपैयाँ ठगी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी रविन्द्र रेग्मीले बताए।

जेल चलाउन भएका तामाङ पहिला अमेरिकन आर्मीसँग अफगानिस्तानमा बसेर काम गरेका थिए। सोही आधारमा आफ्नो ठूलो पहुँच भएको भन्दै ठगी गर्दै आएका थिए। तर, उनी पहिलेदेखि नै नामु ठग भएको प्रहरी अधिकारीहरु बताउँछन्।

तामाङको भव्य घर देख्ला प्रहरी नै चकित

उनी सिफलनजिकै तीनतले घर भाडामा लिए बस्दै आएका थिए। घरमा एसीसमेत जडान गरेका थिए। महंगा फर्निचरहरुले सजाइएको उनको फ्ल्याट भीआपीको जस्तो देखेपछि प्रहरी अधिकारीसमेत चकित भएका थिए। प्रहरीले उनकी श्रीमतीलाई पनि पक्राउ गरेको थियो। उनी भने घरौटीमा छुटेकी छिन् । (नयाँ पत्रिका दैनिकबाट)