आज आउँदै संघीय गठबन्धनको आन्दोलन

वैशाख १०, काठमाडौं–आन्दोलनरत संघीय गठबन्धनले आज आफ्ना आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

काठमाडौंको तिनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा बस्ने २७ दलीय गठबन्धन बैठकले आन्दोलनको स्वरुपलाई अनितम रुप दिनेछ ।

त्यसपछि दिउँसो पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने सद्भावना पार्टीका महासचिव मनीषकुमार समुनले जानकारी दिए ।
आन्दोलनका विभिन्न कार्यक्रमहरूलाई अन्तिम रुपदिन दश बजेदेखि संघीय गठबन्धनको आन्दोलन परिचालन मूल समितिको बैठक बस्ने उनले बताए ।

आजको बैठकले संघीय गठबन्धनको आन्दोलन परिचालन मूल समितिको सचिवालय निर्माण, प्रवक्ता र सम्पर्क कार्यालयका विषयमा पनि टुङ्गो लगाउनेछ ।

बिहीबार विभिन्न मुलुकका कुटनीतिज्ञहरूसँग परामर्श गरेको संघीय गठबन्धन र मधेसी मोर्चाले आन्दोलनलाई उचाइँमा पुगाउने तयारीका साथ अर्को चरणको आन्दोलन घोषणा गर्न लागेको हो ।