दुबईको दुईवटा ठूला आवासीय भवनमा आगलागी

बीबीसी–दुबईको दुईवटा ठूला आवासीय भवनमा सोमबार राति आगलागी भएको छ । दुबई सहरबाट उत्तरमा अवस्थित अजमन इमिरेटको एउटा भवनबाट सुरु भएको आगलागी सँगै रहेको अर्को भवनमा पनि सल्किएको थियो । आगलागीपछि त्यहाँ बसोबास गर्ने सबैको उद्दार गरि अन्यत्रै सारिएको थियो । आगलागीबाट कुनै हताहती नभए पनि धेरैलाई धुँवाका कारण श्वासप्रश्वासमा समस्या भएको र केही सामान्य घाइते भएको अधिकारीहरुले बताएका छन् । अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा पनि दुबईको मध्यभागमा अवस्थित ६३ तले एड्रेस होटलमा पनि भिषण आगलागी भएको थियो । ्