अन्तर्राष्ट्रिय नाइट (रात्रि) क्रिकेट प्रतियोगिता हुने

नवलपरासी –  नवलपरासीमा चैत्र २६ गतेदेखि अन्तर्राष्ट्रिय नाइट (रात्रि) क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ।

सुनरी युवा ब्रिगेड क्रिकेटर क्लबको आयोजनामा जिल्लाको सुनरीमा रातिमा प्रतियोगिता आयोजना हुन लागेको क्लबका अध्यक्ष क्यामुद्दिन अन्सारीले बताए।

प्रतियोगितामा भारतको युपी र नेपालको नवलपरासी र रुपन्देहीबाट करिब २० टिम सहभागी हुने क्लबले बताएको छ। प्रतियोगिता रातिमा हुने भएकाले टाढाबाट आउने खेलाडीलाई खाना तथा बस्नको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।

प्रतियोगिताको हरेक लिग म्याच भारत र नेपालका समूहबीच खेलाइने छ। गत वर्ष पनि उक्त क्लबको आयोजनामा रातिमा क्रिकेट प्रतियोगिताको आयोजना गरिएको थियो।