हावाहुरीले काठमाडौं उपत्यकामा एकको मृत्यु १२ घाइते

चैत १६, काठमाडौं– हिजो साँझ आएको हावाहुरीले उपत्यकामा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्।
मृत्यु हुनेमा बिमला थापा मगर रहेकी छिन् ।  ‍मगरको मनमोहन अस्तालमा उपचार गर्ने क्रममा सोमबार साँझ १९.२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै महेन्द्रनगर घर भई बानेश्वर बस्ने २३ वर्षीया भावना बडु गम्भीर घाइते भएकी छन्।उनलाई स्यमुभुस्थित स्तुपा नजिकको घरको छतबाट खसेको इटाले लागेको थियो। टाउकोमा चोट लागेको उनलाई मनमोहन अस्पताल हुँदै अन्नपूर्ण न्युरो अस्पताल माईतीघरमा ल्याइएको छ।

यस्तै त्रिचन्द्र कलेज अगाडि हावाहुरीले रूख ढलादा बा.६६ प २४२५ नम्बरको मोटरसाइकलाई किचेको थियो। उक्त मोटरसाइकलमा सवार किर्तिपुर १२ बस्ने ३० वर्षीय अंशु डंगोल र सोही मोटरसाइकलमा सवार उनकी श्रीमती २५ वर्षीय रजिना महर्जन घाइते भएका छन्।

उनीहरूकोटाउको र घाटीमा नदेखिने चोट लागेको छ। यस्तै मध्यबानेश्वरस्थित ह्वाईट हाउस पछाडि निसान श्रेष्ठ र सानु श्रेष्ठ घाईते भएका छन्। चापागाउँ स्थित हावाहुरीको कारण घरको छानाको काठ खसेर लाग्दा ५७ वर्षीय समिबहादुर शाही घाइते भएका छन्।

चापागाउँ ठेचोमा १९ वर्षीय बिमा श्रेष्ठ घाइते भएकी छन्।  भक्तपुरमा प्रताप बस्नेत, गणेश खत्री, सानु प्रसाद वन र हिरामाया भँडेल हावाहुरीको कारण घाइते भएका छन्।