धनकुटामा स्वाभिमान अभियान जागरण सभा

चैत १६, काठमाडौं–मानव अधिकार तथा शान्ति समाजको आयोजनामा धनकुटा सदरमुकामस्थित चुवाको बोट बजारमा स्वाभिमान अभियान अन्तर्गत शान्ति, अहिंसा, राष्ट्रिय स्वाभिमान ः एकता, सद्भाव र आत्मसम्मान भन्ने मुल नारा सहित जागरण सभा भएको छ ।

मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले सुशासन र असन्तुष्टिहरुको ब्यबस्थापनमा ध्यान दिन दलहरुलाई आग्रह गर्दै सबैको उर्जाको स्रोत सद्भाब हुनुपर्ने र अधिकारका लागि गरिने आन्दोलन कहिल्यै पनि हिंसात्मक हुन नहुनेमा जोड दिए ।