सौर्यबत्तीसहितको नक्सा पास गर्ने आएनन्

चैत ११, काठमाडौं – नयाँ बन्ने घरमा सौर्य बत्ती जडान गर्न प्रोत्साहन गरिएपनि सो अनुसारको सौर्य बत्ति जडित नक्सा पास गर्नेहरु भने कम छन् ।

काठमाडौँ महानगरपालिकामा नक्सा पास गर्ने निवेदन नै कम परेकाले सौर्य बत्ती जडान पनि प्रभावित भएको सहरी विकास विभाग प्रमुख तथा इञ्जिनिएर राम थापाले बताए ।
उनका अनुसार ऊर्जा सङ्कट टार्न सो नियम ल्याइएपनि हाल यस किसिमले घर निर्माण गर्नका लागि निवेदन आएका छैनन्। तीन महिना अघि सरकारले नयाँ निर्माण हुने घरका लागि सौर्य बत्ती जडान गर्नुपर्ने नियम ल्याएको थियो।

थापाले सरकारले उक्त नियम सार्वजनिक प्रयोजनका लागि प्रयोग हुने विद्यालय, अस्पताल, सरकारी कार्यालयलाई मात्र अनिवार्य गरेको हुनाले पनि व्यक्तिगत प्रयोजनका घर निर्माणमा त्यस किसिमको नक्सा नआएको हुनसक्ने बताए। सोहीअनुरुप सार्वजनिक प्रयोजनको भवन निर्माण गर्नका लागि भने सौर्य बत्तीसहितको नक्सा पासको लागि निवेदन आएन सुरु भएको छ।