छोराले घरनिकाला गरेपछि ९१ वर्षीय बृद्ध बाबु प्रहरी शरणमा

चैत ११, हेटौंडा – छोराबुहारीको माया आवश्यक पर्ने बेलामा घरबाट निकालिएपछि बृद्ध दम्पती प्रहरीको शरणमा पुगेका छन्।

मकवानपुरगढी ६ का ९१ वर्षीय झम्कनाथ दाहाल दम्पतीलाई छोराले कुटपिट गर्दै घरबाट निकालेका हुन्। लट्ठीको सहारामा प्रहरी कार्यालय पुगेका दम्पतीले प्रहरी उपरीक्षक मीरा चौधरीसँग पीडा पोखे।

आफ्नो जिउनी बिक्री गर्न खोज्दा ५० वर्षीय छोरा कृष्णप्रसादले कुटेको दाहालले बताए।

जग्गा विक्री गर्न व्यापारीलाई चार किल्ला देखाउन लाग्दा छोराले हातपात गरेका थिए। घटनापछि उनीहरु हेटौडास्थित छोरीको घरमा बसिरहेका छन्। (कान्तिपुर दैनिकबाट)