प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम प्रस्तावित

चैत १, काठमाडौं– न्यायपरिषद् बैठकले  प्रधानन्यायाधीश पदका लागि सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सुशीला कार्कीको नाम संवैधानिक परिषदमा लैजाने निर्णय आइतबार गरेको छ ।

परिषद्ले ११ न्यायाधीशको संसदीय सुनुवाइका लागि यसअघि भएको सिफारिस फिर्ता गर्ने सभामुख ओनसरी घर्तीको कदमबारे भने कुनै निर्णय गरेको छैन ।

न्याय परिषदका सदस्यसमेत रहेका कानुनमन्त्री अग्नि खरेलले प्रधानन्यायाधीशका लागि एक महिना पहिले नै प्रस्ताव गर्नुपर्ने कानुनी प्रावधानअनुसार निर्णय भएको बताए । प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उमेर हदका कारण अर्को महिना अवकाश पाउँदैछन् ।(कान्तिपुर दैनिकबाट)