भक्तपुरमा छुरा प्रहारबाट एकको मृत्यु

चैत १, भक्तपुर– भक्तपुरको लोकन्थलीस्थित कोठेपुलमा छुरा प्रहारबाट  १९ वर्षीय बिजय लामाको मृत्यु मृत्यु भएको ।
काठमाडौं महानगरपालिका—३५, पुरानो सिनामंगल पेप्सीकोलास्थित एक खाजा पसलमा झगडा भई भाग्ने क्रममा मध्यपुरथिमी नगरपालिका—१७, लोकन्थली कोठेपुल पुगेका नुवाकोट घर भई सिनामंगल बस्ने १९ वर्षिय लामाको छुरा प्रहारबाट मृत्यु भएको हो ।

सुनसरी घर भई सोही स्थान  बस्ने अशोक दाहाल घाइते भएका छन्।(कान्तिपुर दैनिकबाट)