दुई किलो चरेशसहित दुई जना पक्राउ

फागुन ५ दाङ– दाङमा दुई किलो भन्दा बढी चरेशसहित दुई जना पक्राउ परेका छन्।

घोराही–६ बाट गएराति प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख कुवेर कडायतले जानकारी दिए।

पक्राउ परेका दुईजनाको नाम भने प्रहरीले गोप्य नै राखेको छ। एसपी कडायतले गएराति उनीहरुलाई पक्राउ गरिएको र थप अनुसान्धान गर्नु पर्ने भएकोले नाम गोप्य राखिएको बताए।