कांग्रेस संस्थापनले फागुन १० गतेपछि मात्रै सभापति घोषणा गर्ने

फागुन ६, काठमाडौं– कांग्रेसको नेतृत्वका लागि बरिष्ठ नेता शेरवहादुर देउवा चुनावी मैदानमा भिडिरहेका बेला संस्थापन पक्षले भने सभापतिको उम्मदेवारी अघि सार्नसम्म सकेको छैन् ।
संस्थापन पक्षले नेतृत्वका आकांक्षीहरुबीच सहमति गराउन नसक्दा उम्मेदवार अघि सार्न नसकिएको हो । महाराजगन्जस्थित सशांक कोइराला निवासमा बुधबार बसेको बैठकमा समेत कार्यबाहक सभापति रामचन्द्र पौडेलको नाममा सर्वसम्मत गराउने प्रयास सफल हुन सकेन ।

तत्कालिन पार्टी सभापति सुशील कोइरालाको निधन भएको १३ औं दिनसम्म औपचारिक घोषणा नगर्ने भनिएपनि अनौपचारिक सहमति जुटाउन बारम्बारका प्रयास असफल भएपछि संस्थापन पक्षका नेता तथा कार्यकर्ताहरु माझ निराशा छाएको छ । उनीहले अनौपचारिक तवरमा भएपनि तत्काल सभापतिको उम्मेदवार अघि सार्न नेतृत्वलाई दबाव दिदै आएका छन् ।(कान्तिपुर दैनिकबाट)