तिनाउ खोलामा विद्यार्थीको शव फेला

फागुन ५ रुपन्देही– रुपन्देहीको तिनाउ खोलाको किनारमा एक विद्यार्थीको शव फेला परेको छ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार सिद्धबाबा मन्दिर नजिकै तिनाउ खोलाको किनारमा बुटवलको सिसिटी कलेजमा अध्यनरत जिमिस्टी टन्डनको हिजो साँझ शव फेला परेको हो।

प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकीनगर बस्ने टन्डन हराएको भन्दै खोजिदिन यही फागुन २ गते उनको परिवारले आग्रह गरेका थिए ।