कांग्रेसले अधिवेशनका लागि ७५ जिल्लामा निर्वाचन अधिकृत तोक्यो

माघ ९, काठमाडौ–महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसले अधिवेशनका लागि ७५ जिल्लामा निर्वाचन अधिकृत तोकेको छ। महाधिवेशनका लागि गठित केन्द्रीय निर्वाचन समितिले ७५ जिल्लाभर खटाएका जिल्लाका निर्वाचन अधिकृतको सूची आज सार्वजनिक गरेको हो

जिल्लाका लागि खटाइएका जिल्लाका निर्वाचन अधिकृत एक दुर्इदिनमै तोकिएका जिल्लामा पुग्ने कांग्रेस मूख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिए।

निर्वाचन समितिले काठमाडौंमा श्यामराज ढुङ्गेल, भक्तपुरमा गोकर्ण बानियाँ र ललितपुरमा बाबुराजा जोशीलार्इ निर्वाचन अधिकृत तोकेको छ। ।  यसैगरी काभ्रेमा राजेश्वर अधिकारी, सिन्धुपाल्चोकमा योगेन्द्र अधिकारी, रसुवामा एमपी भुषाल, धादिङमा श्रीराम दवाडी र नुवाकोटमा सागर विष्ट निर्वाचन अधिकृत तोकिएका छन्।

काँग्रेसको गाउँ र नगरपालिकाको वडाको अधिवेशन माघ १५ मा हुँदैछ भने क्षेत्रिय अधिवेशन माघ २२ तथा  जिल्ला अधिवेशन माघ २५ गतेका लागि तोकिएको छ। केन्द्रीय अधिववेशन भने  फागुन २० गतेदेखि २३ गतेसम्म काठमाडौंमा हुने कार्यतालिका छ।