मुलुक चिप्लेकिराको गतिमा अघि बढ्न सक्दैनस्प्रधानमन्त्री ओली

माघ ९, काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक चिप्लेकिराको गतिमा अघि बढ्न नसक्ने बताएका छन्।

ओली वंश अक्षय कोष तथा  ओली वंश समन्वय समिति काठमाडौंले शनिवार बालुवाटारमै आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई सम्बृद्धिको बाटोमा चिप्लेकिराको गतिमा पुर्‍याउन नसकिने बताएका हुन्।

ओलीले भने–ुमुलुक अगाडि बढ्न नदिने, सम्बृद्ध हुनबाट रोक्ने र गरिवीमा राखिराख्ने नियतबाटबाट मुक्त गराउँछु।’ उनले जनताको शिर झुक्ने कुनै काम नगर्ने प्रतिबद्धता समेत जनाए।

उनले भने– ुमान्छे सबै महान हुन्छन्। ठूलो सानो कोही हुँदैन।’ उच्च पदमा पुग्नु ठूलो कुरा नभएको बताउँदै ओलीले पदको गरिमा जोगाउनु महत्वपूर्ण कुरा भएको बताए।
उनले मुलुकलाई आधुनिक र सम्बृद्ध बनाउँछु भन्दा आफ्नो बिरोध भएको दुखेसो पाखे।

‘१०५ वर्षमा ७०० मेघावट बिजुली निस्कियो, एक वर्षमा त्यति नै बिजुली निकाल्छु भन्दा मेरो कुरा काट्ने निस्किए,ु ओलीले गुनासो पोख्दै भने।

मुलुक अब सम्बृद्धीको बाटोमा अघि बढ्ने उल्लेख गर्दै उनले भने–यो मेरो संकल्प हो। यसलाई म पूरा गरेरै छोड्छु। मलाई नबुझ्नेहरुले पछि बुझ्छन्।