मोरङको रंगेली र डायनियामा भएको घटनाप्रति आयोगको ध्यानाकर्षण

माघ ९, काठमाडौ–नेकपा (एमाले) को भ्रातृ संगठन युवा संघले रंगेलीमा आयोजना गर्न लागेको मधेस जनजागरण संवाद कार्यक्रम हुनु अगावै उक्त स्थान बन्द लगायत विभिन्न चरणमा भएको झडपतर्फ स्थानीय प्रशासनले सुरक्षा सर्तकर्ता नअपनाउँदा तीन जनाले ज्यान गुमाउनु परेको र केही व्यक्तिहरु घाइते भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।
प्रहरीले चलाएको गोली लागेर रंगेली ४, चोपडा टोलकी ६० वर्षीया द्रोपदीदेवी चौधरी, बरडंगा २ का महादेव ऋषिदेव र डायनिया ९ का शिवु माझीको मृत्यु भएको आयोगको प्रारम्भिक अनुगमन प्रतिवेदनबाट खुलेको  छ । उक्त घटनाको सत्य तथ्य छानविन गरेर दोषीलाई कानून बमोजिम कारबाही गर्न तथा मृतक परिवारलाई उचित राहत तथा क्षतिपूर्ति एवं घाइतेहरुको तत्काल निःशुल्क उपचारको व्यवस्था मिलाउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ । सो घटनाको सम्बन्धमा आयोगले स्थलगत अनुगमन गरिरहेको छ ।
प्रहरीले चलाएको गोली लागेर सर्वसाधारणको मृत्यु हुनु मानव अधिकारको स्थापित अन्तर्राष्ट्रिय मूल्य र मान्यता विपरीत भएको तर्फ आयोगले सुरु देखि सचेत गराउँदै आइरहेको छ ।