फेरि नगरपालिका थप्ने तयारी

माघ ७,काठमाडौं – सरकारले फेरि नगरपालिका थप्ने तयारी थालेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै जिविसलाई नयाँ नगरपालिका सिफारिस गर्न परिपत्र गरेको छ । त्यसका लागि हरेक जिल्लामा नगरक्षेत्र सिफारिस समिति गठन गर्नुपर्नेछ ।

यसअघि सरकारले नगरक्षेत्र निर्धारण समिति गठन गरेपछि मात्र जिल्ला तहमा गठित समितिले सिफारिस पठाउने चलन थियो । केन्द्रीय समितिले प्रतिवेदन बुझाएपछि मन्त्रिपरिषद्ले नयाँ नगरपालिका घोषणा गथ्र्यो । यसपटक भने मन्त्रालयले सोझै परिपत्र गरेको हो ।

बढ्दो सहरीकरण र बस्ती विकासलाई व्यवस्थित बनाउन नयाँ नगरपालिकाको सिफारिस मागिएको मन्त्रालयको नगरपालिका व्यवस्था महाशाखा प्रमुख गोपी खनालले बताए ।(कान्तिपुर दैनिकबाट)