राष्ट्रिय मानवअधिकार आयोगका सदस्यविरुद्द आयोगमै गम्भीर उजुरी

माघ ७,काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) का पूर्वअध्यक्ष इडवड पेरिवेसलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट कब्जामा लिएको भन्दै छानबिनका लागि आयोगमै उजुरी परेको छ । पाँचचारे डिलक्स होटल निर्माणका लागि अध्ययन भ्रमणमा आएका पेरिवेसलाई पाठकले आफू मानवअधिकार आयोगको सदस्य भएको भन्दै जबरजस्ती कब्जामा लिएर धम्क्याएको दाबी उजुरीमा गरिएको छ ।

उनलाई धम्क्याएका कारण होटल उद्योगमा उनले गर्ने भनेको करोडौं लगानीबाट हात झिक्नुपरेको दाबी उजुरीमा छ । अमेरिकी नागरिक पेरिवेस विश्वका धनी व्यक्तिमध्ये एक व्यवसायीसमेत हुन् । जाउलाखेलस्थित चिडियाखानामा रहेको हिप्पोपोटामस उनैले उपहार दिएका थिए । नेपालका ठूलो होटलमा उनको अहिले पनि अर्बौंको लगानी छ ।(अन्नपूर्ण पोस्ट दैनिकबाट)