अफगानिस्तानको काबुलमा आत्मघाती हमला, ७ टेलिभिजनकर्मीको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा गराइएको आत्मघाती हमलामा सात जना टेलिभिजनकर्मीको मृत्यु भएको छ। काबुलमा रहेको टोलो टेलिभिजनका पत्रकार चढेको बसलाई लक्षित गरी बिहीवार गराइएको आत्मघाती हमलामा टेलिभिजनका सात जना पत्रकारको मृत्यु भएको बीबीसीले जनाएको छ।

हमलामा परी २० जना घाइते भएका छन्।  अफगानिस्तानको सितम्बरको कुन्दूज सिटीमा चलिरहेको संघर्षको समाचार बनाएको भन्दै तालीबानी विद्रोहीले निशाना बनाएर टोलो टेलिभिजनका कर्मचारी चढेको बसलाई लक्षित गर्दै आत्मघाती आक्रमण गराएको बताइएको छ। हमलाको जिम्मेवारी तालिवानी बिद्रोही समूहले लिएको छ।
टोलो टेलिभिजन अफगानिस्तानको पवहलो २४ घण्टे समाचार च्यानल हो ।यसअघि नै तालिवानी विद्रोहीले आक्रमणको धम्की दिएपछि टेलिभिजनले यो महिना सुरक्षा सतर्कता बढाएको थियो।

घटनाको राष्ट्रपति अशरफ गनीले हमलाको निदा गरेका छन्। उनले भनेका छन्–‘टीभी च्यानलका पत्रकार चढेको बसमा आत्मघाती हमला गर्नु कायरता हो। यो घटना कायर चरमपन्थीहरुले गराएका छन्। यसको भत्र्सना जति गर्दा पनि कम हुन्छन्।’