सहपाठी विवाह गर्दा विद्यालय प्रवेशमा रोक

माघ ५, गोरखा – ‘पढ्दापढ्दै विवाह गरेको’ भन्दै यहाँको एक विद्यालयले एसएलसी तयारी गरिरहेका दुई जना विद्यार्थीलाई विद्यालयबाट निष्कासन गरेको छ । मिरकोटको त्रिवेणी माविले एसएलसीको तयारी गरिरहेका योगेन्द्र कुँवर र सम्झना रानालाई विद्यालय प्रवेशमा रोक लगाएको हो ।

एउटै विद्यालयमा कक्षा १० मा पढ्ने कुँवर र रानाले गत मंसिर १३ गते बिहे गरेका थिए । ‘समितिको निर्णय’ भन्दै विद्यालयले उनीहरुलाई त्यस दिनदेखि विद्यालयमा जान नदिएको विद्यार्थीले जनाएका छन् । विद्यालयले एसएलसी परीक्षाबाट बञ्चित गर्ने तयारी गरेपछि उनीहरु न्याय माग्न दुवै पक्षका अभिभावकलाई लिएर जिल्ला शिक्षा कार्यालय पुगेका छन् ।(अन्नपूर्ण पोस्ट दैनिकबाट)