भेटियो बुद्धको मुख्य दरबार

माघ ५, कपिलबस्तु – गौतम बुद्धको तिलौराकोटमा प्राचीन कपिलवस्तु गणराज्यको मुख्य दरबारका अवशेष फेला परेका छन् । युनेस्को तथा जापानिज फन्ड ट्रस्टको आर्थिक सहयोगमा बेलायतको उच्च प्रविधि र विज्ञसहित नेपालका पुरातत्व अधिकारीहरुको संयुक्त टोलीले उत्खनन गर्ने क्रममा दरबारका भग्नावशेष फेला पारेका हुन् ।

उत्खनन् एवं अन्वेषणमा संलग्न विज्ञ त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा। मदनकुमार रिमालले मुख्य दरबारको अवशेष भेटिएको जानकारी दिए ।(अन्नपूर्ण पोस्ट दैनिकबाट)