स्वारेजको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित

स्टार स्ट्राइकार लुइस स्वारेजले ह्याट्रिक गरेपछि बार्सिलोनाले एथ्लेटिक क्लबमाथि फराकिलो जित निकालेको छ। गएराति भएको खेलमा स्वारेजको ह्याट्रिकको मदतमा बार्सिलोनाले एथ्लेटिक क्लबमाथि ६–० को फराकिलो जित निकालेको हो।

बार्सिलोनाले खेलको ७ औँ मिनेटमै लियोनल मेसीको गोलबाट अग्रता लिएको थियो।  यस्तै खेलको ३१ औँ मिनेटमा नेमारले गोल गरेपछि बार्सिलोना पहिलो हाफमा दुई सून्यको अग्रता लिन सफल भयो।

खेलको ४७ औँ मिनेटमा स्वारेजले गोल गर्दै टोलीलाई ३–० ले अघि बढाए। यस्तै ६२ औँ मिनेटमा इभान र्‍याकेटिकले अर्को गोल थपे ।

खेलको ६८ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेको स्वारेजले खेलको ८२ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।

जितपछि बार्सिलोना १९ खेलबाट ४५ अंकका साथ दोस्रो स्थानमा कायमै छ। एक खेल बढी खेलेको एथ्लेटिको मड्रिड ४७ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ।