मिनुस बनिन् यस वर्षकी मिस नर्स नेपाल

माघ ४, काठमाडौँ– नर्सिङ पेशासित आबद्ध भएका युवतीहरुको समग्र सशक्तिकरणमा लक्षित युनिक्याम्पस मिस नर्स नेपाल प्रतियोगिताको विजेता मिनुस कायस्थ बनेकी छिन् ।
प्रतियोगितामा सृष्टि राउतले फस्ट रनर अप र लक्ष्मी रिजालले सेकेन्ड रनरअप उपाधिमा हासिल गरेका छन् । ४२ प्रतियोगीवीच भएको उक्त प्रतियोगितालाई रोजिन शाक्यले कोरियोग्राफी गरेका थिए ।
प्रतियोगितामा दिव्या भण्डारी ब्युटी विथ ब्रेन, नयुमा राई वेष्ट पर्सनालिटी, वर्षा कार्की वेष्ट वाक, सुवी लामा वेष्ट नर्सिङ थीम ड्रेस, सम्झना श्रेष्ठ मोस्ट पपुलर, स्वेता थापा पब्लिक च्वाइस, रिया देउला मोस्ट डिसिप्लीन उपाधिका विजेता घोषित भएका थिए । यसैगरी सृष्टि राउत मोस्ट ट्यालेन्ट, सपना घर्तीमगर वेष्ट स्माइल, अनुशा राजभण्डारी मोस्ट चार्मिङ, पूजा तामाङ वेष्ट स्कीन, प्रिमा मानन्धर वेष्ट हेयर, रमा श्रेष्ठ मोस्ट फोटोजेनिक, कृपा श्रेष्ठ सोसियल्ली रेस्पोन्सिबल नर्स, सुष्मा श्रेष्ठ मोस्ट फ्रेन्ड्ली, स्तुति सिंह राठौर मोस्ट बब्ली तथा वर्षा राना मोस्ट ब्युटिफुल चयन भएका थिए ।

प्रतियोगिता आयोजनाबाट संकलन भएको रकमको केही प्रतिशत सामाजिक उत्तरदायित्व अनुरुप भक्तपुरको गोठाटारमा रहेको सृजनशील बाल कल्याण केन्दको सहयोगार्थ हस्तान्तरण गरिएको थियो । सो संस्थामा आश्रित बालबालिकाहरुको स्वास्थ्य उपचारमा समेत नेक्स्ट मोडल नेपालले योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।