प्रेमिका लुलियालाई सलमानको उपहार

सलमान, प्रेम र बिहे बलिउडमा सबैभन्दा बिकाउ विषय हो । उनी केही वर्षअघिदेखि रोमानियाकी अभिनेत्री लुलिया वन्तुरसँग प्रेममा रहेको चर्चा झन् बिकाउ बन्दै आएको छ ।

केही समयअघि त सलमान–लुलियाबीच इन्गेजमेन्ट नै भएको समाचार प्रसारित भएको थियो । पछि सलमानको परिवारले यस कुराको खण्डन त ग¥यो तर सलमान–लुलिया भने केही बोलेनन् ।
विशेष कार्यक्रममा सलमान–लुलिया भेटिरहने भएकाले ‘पापाराजी’ ले यस कुराको अनुमान गरेका थिए ।

हालै डिसेम्बर २७ का दिन सलमानको जन्मदिनमा पनि लुलिया भारत आइपुगिन् । जन्मदिन पार्टीमा सलमान र लुलिया भेटिँदा देखिएको भावले उनीहरु साँच्चै प्रेमीप्रेमिका हुन् भन्ने अड्कल काटियो ।
भारतीय संचारमाध्यमले अचेल त झन् उनीहरुलाई ‘प्रेमीप्रेमिका’ नै भनेर सम्बोधन गर्न थालेका छन् ।

हालै एक भारतीय सञ्चारमाध्यममा सम्प्रेषित समाचारअनुसार लुलिया अझै भारतमा रहेको र मिडियासँग लुक्दै अटो रिक्सामा यात्रा गरिरहेकी छिन् । सलमानले लुलियाको अवस्था देखेर उनलाई कार उपहार दिएको बताइन्छ । खैरो रङको उक्त कार सलमानले आफ्नो जन्मदिनपछि किनेका थिए । एजेन्सी