संविधानले कसैलाई विभेद गरेको छैनः प्रम ओली

माघ १, काठमाडौँ–प्रधानमन्त्री के.पी.शर्मा ओलीले  नेपालको संविधानले कसैलाई विभेद नगरेको बताए ।
दक्षिण एशियाली मानव अधिकार संघ(सार)को प्रतिनिधी मण्डलसँगको भेटमा प्रधनमन्त्री ओलीले संविधानको बारेमा केही व्यक्ति र समुहले अपब्याख्या गरेर अस्थिरता सृजना गर्न खोजेको बताए  ।
प्रधानमन्त्री ओलीले ८६ प्रतिशत सभासद्ले हस्ताक्षर गरेर जारी गरेको संविधानलाई लोकतान्त्रिक मान्नु पर्ने बताउँदै संविधान जारी गर्ने बिधि पनि लोकतान्त्रिक रहेको जिकिर गरे ।
कसैले भने जस्तो रातारात वा एकैछिनमा जारी भएको होइन । संविधानसभाले तयार गरेको डा्रफ्ट पनि जनतामा छलफलमा लगेर त्यसपछि आएका सुझावलाई समेटेर संविधान जारी गरिएको हो ’उनले भने ।
मधेसमा संविधान त आयो तर तिमीहरुले के पायौ भनेर जनतालाई उत्तेजित पार्ने काम मात्र भएको ओलीले बताए । ‘संविधानले दाल चामल दिदैन यसले जनतालाई अधिकार दिन्छ,समानता दिन्छ ’ उनले भने नेपालको संविधान विशेष छ, महिलालाई राज्यका हरेक निकायमा ३३ प्रतिशत आरक्षण त्यसको एउटा ज्वलन्त नमुना हो ।
अर्को प्रसँगमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच सदैव मित्रवत सम्बन्ध रहेको बताउँदै यसलाई कुनै पनि हिसाबले अपब्याख्या गर्न हँुदैन भने । नेपाल भारत सम्बन्ध प्राकृतिक रुपमा पनि रहेको सम्झांउदै ओलीले नेपालको हिमाली क्षेत्रबाट बगेको पानी भारतको बिहार बंगला पुग्ने र त्यहांबाट बास्पिकरण भएर फेरी नेपालको हिमाल क्षेत्रमा आएर बर्षा हुने गरेको बताउँदै यसले प्राकृतिक र मानवीय दुबै हिसाबले हामीलाई एक आपसका नजिकका मित्र बनाइदिएको छ भने ।