बलिउडकी ऐश्वर्याले रेखालाई आमा भनेपछि

मुम्बई । केही दिनअघि एउटा अवार्ड वितरण कार्ययक्रममा ‘बलिउड ब्युटी’ ऐश्वर्या रायलाई ‘जज्बा’ फिल्मबाट ‘कमब्याक’ गरेबापत अवार्ड मिल्यो ।

ऐश्वर्यालाई अवार्ड मिल्नु नौलो कुरा नहुनु सक्छ, तर त्यो कार्यक्रममा उनलाई अभिनेत्री रेखाले अवार्ड दिइन् । रेखा तिनै अभिनेत्री हुन्, जसको नाम लामो समय अमिताभ बच्चनसँग जोडियो ।

कार्यक्रममा ऐश्वर्यालाई कमब्याकका लागि अवार्ड दिन बोलाएलगत्तै रेखालाई पनि मञ्चमा बोलाइयो । रेखाबाट अवार्ड लिन पाउँदा ऐश्वर्याको अनुहारमा विशेष चमक देखिन्थ्यो । यो खुसीयाली त्यतिमा मात्रै सीमित रहेन ।

उनले केही समयमा नै भनिन्, ‘आमाबाट यो सम्मान पाउनु मेरा लागि सम्मान हो ।’ ऐश्वर्याले यसो भनेको लामो समय भएको थिएन, कार्यक्रममै जया बच्चन र रेखाले एकअर्कासँग गला पनि मिलाए ।

अहिले बलिउडमा यी दुईको पुरानो ‘दुस्मनी’ सकिएछ भन्ने बड्कलबाजी गर्न थालिएको छ ।