बंगबन्धु गोल्पकप फुटबलः नेपालले श्रीलंकाको सामना गर्दै

पुस २९, काठमाडौ– बंगलादेशमा जारी बंगबन्धु गोलकप फुटबलमा नेपालले बुधवार श्रीलंकाको सामना गर्दैछ।

बंगबन्धु खेल मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुने प्रतियोगिताको दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी श्रीलंकासँग खेल्न लागेको हो।

नेपालले बुधवारको खेल जितेर साफ च्याम्पियनसिप फुटबलमा ब्यहोरेको हारको बदला लिने दाउमा छ।

यसअघि भारतमा भएको १२ औँ साफ च्याम्पियनसिप फुटबलमा नेपाल श्रीलंकासँग एक सून्य गोल अन्तरले पराजित भएको थियो ।

बंगबन्धु फुटबलको उद्घाटन खेलमा नेपाल मलेसियासँग १–१ गोलको बराबरीमा रोकिएको थियो । यसैगरी बुधबार नै हुने अर्को खेलमा बंगलादेश र मलेसिया आमने सामने हुँदैछन् ।