जेठ २६, दाङ – पश्चिम दाङको दङ्गीशरण गाउँपालिकाले किसानलाई आधुनिक खेती प्रणालीतर्फ आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ ।
रु २६ लाख २२ हजार २१४ बराबरका कृषि उपकरण किसानलाई वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीले जानकारी दिए ।
गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०८३÷८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत कृषि शाखाबाट रु छ लाख र हेफर नामक गैरसरकारी संस्थाबाट रु १० लाख गरी जम्मा रु १६ लाख र किसानका तर्फबाट रु १६ लाख जम्मा भएमध्येबाट बोलपत्र प्रक्रिया गरी अनुदानमा कृषि उपकरण वितरण गरिएको हो ।
मिनीट्रिलर २०, रिपर पाँच, चापकटर ११ पानी तान्ने १८ वटा पम्प ५५ जना किसानलाई अनुदानमा वितरण गरिएको छ ।
