राम्रा होइन हाम्रो खोज्दै अर्थमन्त्री

पुस २८, काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालयका सहसचिवहरुको व्यापक सरुवा गरेका छन् ।  अर्थबाट ५ जना सहसचिवलाई बाहिर सरुवा गरिएको छ भने बाहिरबाट ६ जना सहसचिवलाई ल्याइएको छ ।

अर्थ मन्त्रालयकै चार सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ । उनले मन्त्रालयको महत्वपूर्ण भूमिकाका भने अफ्नै पार्टी एमाले निकट र आफ्नो गृह जिल्ला पाल्पा र त्यससित जोडिएका गुल्मी र स्याङजना घर भएका सहसचिवलाई छानी छानी ल्याएका छन् ।(कान्तिपुर दैनिकबाट)