संविधान बनाउने १२ सभासद अंगिकृत

पुस २८, काठमाडौं –नयाँ संविधानले नेपाली नागरिकसंग विवाह गर्ने विदेशी महिलालाई नागरिकताबाट बञ्चित गरेको प्रचार तराई(मधेसमा भइरहेका बेला दोस्रो संविधानसभामा मात्रै कम्तिमा १२ जना अंगिकृत सभासद् रहेको तथ्य भेटिएको छ । यी सबै सभासद संविधानसभाको समापनसँगै स्वत रुपान्तरित भएर बनेको ब्यवस्थापिका संसदको सदस्यका रुपमा देशको सर्वोच्च विधायनी अंगमा बहाल छन् ।

दोस्रो संविधानसभा ९हालको संसद० मा बहाल रहेका ५ सय ९७ सभासदमध्ये कम्तिमा १२ जना वैवाहिक अंगिृकत नागरिकता प्राप्त सभासद छन् । उनीहरू सबै जना नेपाली पुरुषसग विहे गरेका भारतीय चेली रहेको तत्कालिन संविधानसभा सचिवालय ९हालको संसद सचिवालय० को अभिलेखमा उल्लेख छ । तत्कालिन सभासद्हरुले भरेको वैयक्तिक विवरण अनुसार एक दर्जन सभासद्ले वैवाहिक अंगिृकत नागरिकता प्राप्त गरेको देखिन्छ ।

सचिवालयका एक अधिकारीका अनुसार तत्कालिन संविधानसभामा अंगिृकत नागरिकता भएका सभासदको संख्या एक दर्जन भन्दा बढी हुन सक्छ । ‘सबैको नागरिकताको अभिलेख भिकाएर कुनै अध्ययन भएको छैन,’ ती अधिकारीले भने, ‘तत्कालिन सभासद् स्वयंले भरेको वैयक्तिक विवरणका आधारमा १२ जनामात्रै अंगिकृत देखिएपनि अरु कतिपयले त्यस्तो विवरण उल्लेख नगरेका पनि हुन सक्छन् ।’( कान्तिपुर दैनिकबाट)