चौरमा परिषद, ओडारमा गोष्ठी

जुम्ला, १५ काठमाडौं ।

जिल्लाको मालिकाठाँटा गाविसले यसवर्ष पनिे २४ औं परिषद खुला चौरमा नै सम्पन्न गरेको छ ।

गाविस भवन नहुँदा चौरमा परिषद र ओडारमा गोष्ठी गर्नु परेको गाविस सचिव युवराज न्यौपानेले बताए ।

आगामी आर्थिक वर्ष ०७३÷७४ का लागि २० लाख ३० हजार रुपैयाँ बजेट प्रस्तावित गरेको छ । चालु आर्थिक वर्षामा भने २६ लाख ६७ हजार रुपैयाँ बजेट विनियोजन गरी शिक्षामा पहिलो प्राथमिकता दिइएको सचिव न्यौपानेले बताए ।

सचिव न्यौपानेका अनुसार भवनका लागि जग्गाको पहल गर्न स्थानीयस्तरदेखि जिल्लास्तरसम्मका राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिसँगको बैठक गरिएको थियो । तर, कुनै पनि प्रगति हुन सकेन ।

भवन अभावले गाविसमा कार्यरत सचिव, मुखियासहितका कर्मचारीलाई निकै गाह्रो भएको छ । खुला आकाशको ओत लिई सेवा दिइरहेको समयमा पानी पर्दा, हावाहुरी चल्दा, सिरेटो जाडो बढ्दा र हिमपात हुँदा ओडारमा सुरक्षा लिन जाने गरेको गाविस कर्मचारी बताउँछन् ।