(डिभी) कार्यक्रमको लागि आजबाट आवेदन दर्ता खुला

असोज १४, काठमाडौँ – सन् २०१७ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आजबाट आवेदन दर्ता खुला हुने भएको छ । आज नेपालमा स्थानीय समयअनुसार ९.४५ बजेबाट खुल्नेछ र कार्तिक १७ गते बन्द हुने काठमाडौं स्थित अमेरिकी दूताबासले जनाएको छ ।

डिभी चिट्ठामा आवेदनका लागि शुल्क लाग्दैन । अमेरिकी दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । दूताबासले विज्ञीति जारी गरेर भनेको छ, आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला । सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ स्वयम् जिम्मेवार रहनुहुनेछ ।’
डिभी चिट्ठामा आवेदन अनलाइनमार्फत भर्नुपर्नेछ । यसका लागि तोकिएको अवधिमा धधध।मखयिततभचथ।कतबतभ।नयख मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई(डिभी) आवेदन फारम भर्न सकिनेछ ।
आवेदन भर्दा आफ्ना पतिरपत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचित गर्नु अनिवार्य हुनेछ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।
डिभी चिट्ठको आवेदन भरेपछि कन्फर्मेसन नम्बरलाई सेभ वा प्रिन्ट गरेर राख्नु पर्नेछ । डिभी परे नपरेको हेर्न त्यही कन्फर्मेसन नम्बर चाहिन्छ ।