नेपाल केबुल टेलिभिजन सङ्घले सुरक्षाको माग

असोज १४, काठमाडौँ – नेपाल केबुल टेलिभिजन सङ्घले सुरक्षाको प्रत्याभूत भए केबुल टेलिभिजन सञ्चालन गर्न सकिने जनाएको छ ।

सङ्घले भारतीय च्यानल बन्द गरेको सन्दर्भमा सूचना तथा सञ्चार मन्त्रालयले २४ घन्टाभित्र जवाफ मागेको सन्दर्भमा सङ्घले मन्त्रालयलाई पत्र पठाएर केबुल टेलिभिजन सञ्चालनका लागि सुरक्षाको माग गरेको हो ।
’मन्त्रालयले मागेको जवाफ हामीले बुधबार पठाएका छौं, असुरक्षाको वातावरणले गर्दा बन्द गरिएको हो सुरक्षाको प्रतिबद्धता चाहियो भनेका छौं, यदि त्यसो भएमा हामी केबुल टेलिभिजन सुरु गछौं’ सङ्घका अध्यक्ष सुधीर पराजुलीले भन्नुभयो ।
भारतले अघोषित नाकाबन्दी गरेपछि त्यसको विरोधमा नेकपा–माओवादीले भारतले नेपालमाथि हस्तक्षेप गरेको जनाई हिन्दी चलचित्र र च्यानल बन्न गर्न दबाब दिएपछि मङ्गलबार १० बजेदेखि केबुल प्रदायक संस्थाले भारतीय च्यानल बन्द गरेको थियो । सङ्घ आबद्ध चार सय केबुल टेलिभिजन सेवा प्रदायक संस्था आबद्ध रहेका छन् ।