क्रिष्टियानो रोनाल्डोले आफ्नो फुटबल करिअरको पाँच सयौं गोल गरे

असोज १४, काठमाडौँ – क्रिष्टियानो रोनाल्डोले आफ्नो फुटबल करिअरको पाँच सयौं गोल गरेका छन् । गएराति च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको खेलमा माल्मो एफ एफसँगको खेलमा दुईगोल गरेका रियल मड्रिडका स्टाइकर रोनाल्डोले क्लब र राष्ट्रका लागि गरी आफ्नो फुटबल करिअरमा पाँच सयौं गोल गरेका हुन् ।

रोनाल्डोले मात्रै सात सय ५३ खेलबाट पाँच सय एक गोल गरेका हुन् । माल्मोसँगको खेलमा २९ र ९० औं मिनेटमा गरी दुई गोल गरेका रोनाल्डो रियल मड्रिडका सर्वा्धिक गोलकर्ताको सूचीमा पनि समेटिएका छन् । रोनाल्डोले रियल मड्रिडका सर्वा्धिक गोलकर्ता साउलको कीर्तिमानसँग बराबरी गरेका छन् । सात सय ४१ खेलबाट रियलका लागि तीन सय २३ गोल गर्दै राउलले बनाएको क्लबकै सर्वा्धिक गोलकर्ताको कीर्तिमानमा रोनाल्डोले बराबरी गरेका हुन् । सन् २००९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिड गएका पोर्चुगिज रोनाल्डोले मात्रै तीन सय ९ खेलबाट रियलका लागि तीन सय २३ गोल गरे । रोनाल्डोले म्यानचेस्टर युनाइटेडका लागि एक सय १८, पोर्चुगलका लागि ५५ तथा स्पोर्टिङ लिस्बनका लागि पाँच गोल गरेका छन् । रोनाल्डोले च्याम्पियन्स लिगमा अहिलेसम्म ८२ गोल गरेका छन् । त्यसमध्ये रियल मड्रिडका लागि ६६ तथा म्यानचेस्टर युनाइटेडका लागि १५ गोल समाबेस छ । ३० वर्षका रोनाल्डोले रियल मड्रिडका लागि पछिल्ला ६ खेलमा १० गोल गरेका छन् ।
आफ्नो करिअरको पाँच सय गोल तथा रियल मड्रिडको सर्वा्धिक गोलकर्ताको कीर्तिमानमा बराबरी गरेपछि रोनाल्डोले आफू निकै खुशी भएको बताएका छन् । आफूलाई यो स्तरमा र्पुयाउनका लागि सहयोग गर्ने क्लब तथा साथी खेलाडीप्रति आफू आभारी रहेको रोनाल्डोको भनाई छ ।