प्रधानमन्त्रिको अमेरीका भ्रमण तीन दलको बैठकले तय गर्दै

असोज ६ , काठमाडौँ – प्रधानमन्त्रि सुशिल कोईराला संयुक्त राष्ट्र संघको ७०औं महासभामा भागलिन आज साँझ अमेरिका जानु हुने कार्यक्रम तए भएको छ । महासभामा भागलिन आज साँझ ५ बजे अमेरिका प्रस्थान गर्ने तयारी भए पनि कोइराला त्यसतर्फ जाने कि नजाने भन्ने टुंगो भने अहिले बिहान बस्ने प्रमुख तीन दलको बैठकले लगाउने भएको छ । प्रमुख दलहरुको निर्णयक बैठक अहिले केहि समयमा बस्ने भएको छ ।
प्रदेशको सीमांकनसहित नयाँ संविधानले तराई र मधेसका मागलाई सम्बोधन गर्न नसकेको भन्दै मधेसकेन्द्रित राजनीतिक दलको आन्दोलन जारी रहेपछि प्रधानमन्त्री कोइरालाको भ्रमण अन्यौलमा परेको हो । संविधानमा समेटीएका विषयलाई लिएर तराई मधेसमा जारी आन्दोलनलाई सम्बोधन नगरी प्रधानमन्त्री एक साताभन्दा बढि विदेश भ्रमणमा रहँदा थप जटिला आउन सक्ने भन्दै भ्रमण स्थगीत गर्न कोइरालाई दवाव परेको छ ।
यसैविच नयाँ दिल्ली जानु भएका नेपालका लागि भारतीय राजदुत रञ्जीत रे आज बिहान काठमाडौं आउँदै हुनुहुन्छ । भारतीय राजदुत रे काठमाडौं झरे लगतै प्रधानमन्त्री कोइरालासँग भेट गर्ने कार्यक्रम रहेको स्रोतको दाबी छ । राजदुतको कुरा बुझेर मात्र प्रधानमन्त्रीको भ्रमणको टुंगो लाग्ने पनि स्रोतले जनाएको छ ।