अधिकतम लचक्ताको प्रयास गर्ने निर्णय

असोज ६ , काठमाडौँ – प्रमुख तीन दलले असन्तुष्ट दललाई सहमतिमा ल्याउन अधिकतम लचकता अपनाउँर्ने निर्णय गरेका छन् । संविधान जारी भएपछिको अवस्था तथा जारी संविधानमा मधेस केन्द्रित दलको असन्तुष्टका विषयमा छलफल गर्न प्रधानमन्त्री बालुवाटारमा बसेको तीन दलको बैठकले मधेसवादी दललाई सहमतिमा ल्याउन लचक भएर वार्तामा बस्ने निर्णय गरेका हुन ।

नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादी मधेसवादी दलले राखेका केही शर्त पुरा गरेर भएपनि उनीहरुलाई सहमतिमा ल्याउन तयार भएको स्रोतले जनाएको छ । हिजो दिनभर मधेसवादी दलसँग छलफल गरेका प्रमुख तीन दल बेलुका उनीहरुलाई समहतिमा ल्याउन अपनाउन सकिने उपाएका बारेमा छलफलमा जुटेका हुन् ।

तीन दलको बैठकले मधेसवादीसहित आन्दोलनरत दलसँग वार्ताको समन्वय गर्न वन मन्त्री महेश आचार्यलाई जिम्मेवारी दिएको छ । दलहरुले सम्भवत असन्तुष्ट पक्षसँग तत्काल छलफल सुरु गर्ने बताएका छन् ।