कैलालीमा गावीस भवन आगजनी

राजेन्द्र रावल

असोज ६ कैलाली – कैलाली जिल्लाको क्षेत्र नं. ३ अन्र्तगत को नमुना गावीस मानिने वौनिया गावीसमा आज विहान करीव ४-३० तिर आगजनी भएको छ । आगजनीवाट दुई तले भवनको दुई ओटा कोठामा पूर्ण रुपमा क्षती पुगेको छ ।

गावीसका महत्वपूर्व कागजात रहेको दुईवटा कोठा फोडेर भयको आगजनीमा दुवै कोठामा रहेका दराज पूर्ण रुपमा जल्नुका साथै , दुई वटा कुर्सी र दुई वटा पंखा समेत जलेका छन् । क्षेत्र नं. ३ अन्र्तगतकौ जोसीपुर र भजनीमा रहेको नेपाल प्रहरी र ससस्त्र प्रहरी ले आगजनी नियन्त्रण लिईसकेको छ भने त्याहा अहिले ससस्त्र र नेपाल प्रहरी का गरी करीव ५२ जना जवान खटीएका छन् र आग जनी कसले गरेको हो भनेर सुक्ष्म अनुसन्धान भैरहेको नेपाल प्रहरीले वतायको छ ।

वौनीया गावीसको कार्यलय रहेको ठाउका वासीन्दाहरु सवै आत्तीका छन भने कोही पनी वाहिर नीस्कन सकेका छैनन । हिजो मात्रै वौनिया गावीसको सोहि ठाउमा थारु पाहिडी मिलेर संविधानको स्वागत गर्न कार्यक्रम समेत भयको थीयो । आगजनी भयको गावीसमा कालो झण्डा भेटीनुले कतै आग जनि थारुहट थारुवान आन्दोलन गर्दै आयको थारुहट थारुवान का कार्यकर्ताले गरेका हुन कि भन्ने आसंका समेत नेपाल प्रहरी र स्थानीयले हामि संगको कुराकानी मा व्यक्त गरे  ।