चन्द नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण उपत्यका बाहिरको जनजीवन केही प्रभावित

असोज ३ , काठमाडौं – नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण उपत्यका बाहिरको जनजीवन केही प्रभावित भएको छ ।
काठमाडौमा भने खासै प्रभाव परेको छैन । बिहानैदेखि गाडी चलिरहेको प्रहरीले जनाएको छ । ठाउँठाउँमा आतंक सृजना गर्न शकास्पद वस्तु राखिएका छन् ।
बिहान सडकमा अवरोध गर्न खोज्ने ११ जनालाई प्रहरीले उपत्यकाका विभिन्न ठाउँबाट पक्रेको छ । काठमाडौंबाट बाहिरिने र भित्रने गाडी भने कम चलेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
त्यसैगरी संविधान जारी हुने दिन आज बिहानै ललितपुरको महालक्ष्मीस्थान र पुल्चोक तथा काठमाडौंको रवी भवनमा बम भेटिएको छ ।
महालक्ष्मीस्थानबाट सातदोबाटो जाने बाटोमा र पुल्चोकको सुजुकी सोरुम अघि बम भेटिएको प्रहरीले जनाएको हो । नेपाली सेनाको बम डिस्पोजल टोलीले तीनै स्थानको बम निष्क्रिय पारेको छ ।
महालक्ष्मीस्थानमा चिया पकाउने किल्टीभित्र तथा पुल्चोकमा बाकस भित्र बम फेला परेको प्रहरीले जनाएको हो । बम भेटिएको स्थानबाट प्रहरीले नेकपा माओवादी लेखिएको पर्चा र झन्डा पनि बरामद गरेको छ ।
दुवै स्थानमा राखिएका बम पेट्रोलिङ बम भएको प्रहरीको अनुमान छ । बम फेला परेपछि राजधानीको सुरक्षा व्यवस्था अझै कडा बनाइएको छ ।
नयाँ संविधान घोषणा हुने दिन नै पारेर कतिपय दलले बन्दको आह्वान गरेका छन् । यद्यपि, राजधानीको जनजीवन सामान्य नै छ ।
यसैविच लिम्बुवान विनाको संविधान ल्याउन लागेको बिरोध गर्दै लिम्बुवान संघर्ष समिति र संघिय लिम्बुवान पार्टी नेपालले आजबाट अनिश्चितकालिन अरुण पूर्वका नौ जिल्ला बन्दको आह्वान गरेका छन् ।
बन्दका कारण पूर्वका सुनसरी, मोरङ, झापा, धनकुटा, तेह्रथुम, संखुवासभा, इलाम, पांचथर र ताप्लेजुङको जनजीवजन प्रभावित बनेको छ ।
उता, आजै पूर्वका नौ जिल्लामा नेकपा माओवादी बिप्लव समुहको बन्द समेत थपिएको छ ।