दोलखा केन्द्रविन्दु भएर आइतबार बिहान एउटा पराकम्प

असोज ३,काठमाडौं – दोलखा केन्द्रविन्दु भएर आइतबार बिहान एउटा पराकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ४ बजेर ५ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको हो ।
यो ८० घण्टापछि गएको पराकम्प हो । यसअघि गएको बुधबार बेलुकी ८ बजेर ३७ मिनेटमा पनि दोलखा नै केद्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको थियो । वैशाख १२ गते ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि त्यसको पराकम्प अझै आइरहेका छन् ।
अहिलेसम्म ४ रेक्टर स्केल माथिका ३ सय ९५ वटा पराकम्प आइसकेको केन्द्रले जनाएको छ । भूकम्प गए लगत्तै धेरै पराकम्प आएपनि अहिले त्यो कम हुँदै गएको छ ।