रामेछापका स्वास्थ्य संस्थामा पानी र शौचालयको व्यवस्था नहुँदा विरामीको उपचारमा समस्या

असोज १,रामेछाप – गएको बैशाख १२, १३ र २९ गते गएको भूकम्पको कारण रामेछाप जिल्लाका अधिकाँस स्वास्थ्य संस्थाको भौतिक संरचनामा क्षति भए पछि स्वास्थ्य संस्थालाई सेवा प्रवाहमा समस्या भएको छ । स्वास्थ्य संस्थामा पानी र शौचालयको उचित प्रवन्ध गर्न नसक्दा विरामीको उपचारामा निक्कै समस्या परेको स्वास्थ्य चौकी पकरबासका इञ्चार्ज सिनियर अहेव अधिकृत रामप्रसाद प्रसाईँले बताउनु भयो।

स्वास्थ्य चौकीमा जाँदा स्वास्थ्यकर्मीले आँफूलाई खानेपानी आफैले बोतलमा बोकेर जानु पर्ने अवस्था रहेको उहाँले बताउनु भयो । विरामी जाँचेपछि हातमूख धुन वा घाउ र औजार सफा गर्न पानी प्रसस्त लाग्ने भए पनि खाने पानीको समेत हाहाकार भएको उहाँले बताउनु भयो । अझ शौचालन समेन नहुँदा आधारभूत सेवा दिन पनि कठिनाई भएको उहाको भनाई छ ।

स्वास्थ्य संस्थाका भवनहरु भत्किए पछि कतिपय स्वास्थ्य संस्थामा विरामीहरुलाई टेण्टमा राखेर उपचरा गर्ने गरिएको छ । चर्काे गर्मिको कारण टेण्टमा बसेर उपचार गराउने विरामीहरु थप विरामी पर्ने गरेको रामेछाप नगरपालीका ४ का वैकुण्ठ पौडेले बताउनु भयो । आमा विरामी भएर अस्पता लिएर जानु भएको उहाँ टेन्टको घाम र चिसोले आफै विरामी परेको बताउनुहुन्छ । रामेछापमा जिल्ला अस्पताल रामेछाप लगायतका २५ स्वास्थ्य संस्थाहरु पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।

जिल्ला अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रनै टेन्टमा सञ्चालनमा छन् । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका अनुसार जिल्ला अस्पताल रामेछाप, खिम्ति हेल्थ पोष्ट र २३ वटा स्वास्थ्य चौकीहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । त्यसैगरी २५ स्वास्थ्य केन्द्रहरुमा आंशिक क्षति पुगेको छ । जिल्लमा रहेका ८ वटा वर्थिङ सेन्टरहरु पनि पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । रामेछाप जिल्लामा ५६ वटा स्वास्थ्य संस्थाहरु रहेका छन् । मौशम परिवर्तनसंगै रुघाखोकी, ज्वरो, झाडापखाला, स्वासप्रस्वास सम्बन्धि रोगका विरामीहरु बढेका छन् । यस्तो बेलामा स्वास्थ्य संस्था आफै संकटमा पर्दा विरामीहरुको उपचारमा पनि थप समस्या देखिएको छ । त्यसैले स्वास्थ्य संस्थालाई व्यवस्थित बनाउने तर्फ राज्यको ध्यान जानु जरुरी छ ।