थारूका मागमा तीन दल सहमत, थारु सभासद् संबिधान निर्माणमा सरिक हुने

असोज १, काठमाडौँ – थरुहट प्रदेशको मागगर्दै आन्दोलनमा उत्रिएका थारु समुदायका माग शुक्रबारदेखि नै संवोधन गर्न प्रमुख तीन दल सहमत भएका छन ।

शुक्रबारबाटै सरकारले गिरफ्तार थारु नेता कार्यकर्ताको रिहाई गर्ने, कर्फ्यु हटाउने, सेना फिर्ता गर्ने आन्दोलनकारीलाई धरपकड गर्न बन्द गर्ने र दंगाग्रस्त क्षेत्र हटाउने जस्ता कार्य कार्यान्वयन गर्ने भएको छ ।

तीन दल सहित फोरम लोकतान्त्रिक समेतको सहभागितामा सम्पन्न बैठकमा सरकारले आफ्ना माग कार्यान्वयनको सरुवात गरेसंगै आफुहरुले पनि संविधान जारी गर्नमा सघाउन थाल्ने प्रतिवद्धता थारु नेताहरुले जनाएको स्रोतको दावी छ ।