थरुहट आन्दोलन शसक्त पार्न १ लाख युवा दस्ता सहित प्रदशन गर्ने चौधरीको भनाई

राजेन्द्र रावल 

असोज १,कैलाली – थरुहट संर्घष समिती र रानाथारु संर्घष समिती कैलालीले नेपाल को संविधान २०७२ जलाउने भएका छन । आज कैलालीको पहलमानपुर ९ नखफोरुवामा युवा दस्ता भेला कार्यक्रममा पत्रकार सम्मेलन गर्दै ३ र ४ गते नेपाल संविधान जलाउने तयारी भैरहेको जानकारी दिइएको हो । पत्रकार सम्मेलन बोल्दै संघिय समाज बादी पार्टीको केन्द्रीय सदस्य होरीलाल चौधरीले अहिले पारीत भएको संविधानमा संघिय प्रदेशको सिमांकन र नमांकनमा थारु बाहुल्य क्षेत्र पहिचानको अधारमा प्रदेश नदिएको भन्दै संविधान जलाएर र ३ गते कालो दिन मान्ने बताउनु भयो ।

चौधरीले भने संविधानमा आफ्ना माग सम्बोधन गराउन आन्दोलनमा रहेका थारुहरुको माग सम्बोधन शसक्त आन्दोलनमा जाने बताए । होरीलाल ले भन्नु भयो तत्काल ६ हजार थारु युवादस्ता तयार भएको र आगामी आन्दोलनमा १ लाख युवा दस्ता प्रयोग गरीने छ । त्यस्तै होरीलालले ३ र ४ गते सविधान जारी भएको अवसरमा दिपावलि र खुशियाखली बनाउने भएको कार्यक्रम रहेता पनि थरुहटले भने धनगढी ,टीकापुर र अतरियामा कर्फयु लाइ तोडेर पनि शतिmप्रदशन र आन्दोलन जारी गर्ने बताएका छन ।