आवासीय चिकित्सकको आन्दोलनले स्वास्थ्य सेवा प्रभावित

भदौ १५, काठमाडौ – डा गोविन्द केसीको आमरण अनसनमा सर्थन जनाउँदै चिकित्सकहरुले पनि आन्दोलन सुरु गरेका छन् । आवासीय चिकित्सकहरुको आन्दोलनका कारण अस्पतालको स्वास्थ्य सेवा ठप्प भएको छ ।

शिक्षण अस्पताल महाराजगञ्जमा बिहानै देखि चिकित्सकहरु काम छाडेर बाहिर निस्किएका छन् ।

ओपीडी उपचारका जाने विरामीहरु मर्कामा परेका छन् । माग पुरा नभएसम्म आकस्मिक बाहेकका सेवामा काम नगर्ने चिकित्सकहरुले बताएका छन् । डा केसीको स्वास्थ्य अवस्था भने विग्रीदै गएको चिकित्सकहरुले बताएका छन् । केदारभक्त माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन माग गर्दै डा. केसीले छटौ पटक आमरण अनसन थाल्नु भएको छ ।