सभासदहरु संविधानको मस्यौदामा संसोधन प्रस्ताव दर्ता गराउँदै

भदौ १५, काठमाडौ – सभासदहरुले संविधानको मस्यौदामाथि संशोधन प्रस्ताव दर्ता गराउन थालेका छन् । हिजो ५ ओटा प्रस्ताव दर्ता भएको संविधानसभा सचिवालयले जनाएको छ । ठूला दलले सस्थागत रुपमा मात्रै दर्ता गराउन निर्देशन दिएकाले साना दलका सभासदहरुले मात्रै दर्ता गराएका छन् । संविधानसभा सचिवालयका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) समाजवादी जनता पार्टीले फरक मत दर्ता गराएका छन् ।

संविधानसभाले १९ गतेसम्म संविधानको परिमार्जित मस्यौदामाथि संशोधन प्रस्ताव दर्ता गराउन सभासद् तथा राजनीतिक दललाई समयसीमा प्रदान गरेको छ । राप्रपाले धर्म निरपेक्षता हटाएर सनातन धर्म उल्लेख गर्नुपर्ने विषयमा संशोधन प्रस्ताव दर्ता गरेको छ ।राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक)ले नेपालको राष्ट्रिय झन्डा परिवर्तन गर्नुपर्ने, राष्ट्रिय जनावर गैँडा राख्नुपर्ने, नागरिकता प्रदान गर्ने प्रावधानमा आमा र बाबु भनेको स्थानमा आमा बाबु उल्लेख गर्नुपर्ने विषयमा संशोधन प्रस्ताव दर्ता गराएको छ ।