यु १९ साफ च्याम्पियन्सिप फुटबलमा नेपालले शनिबार भारतसँग भिड्ने

भदौ ११, काठमाडौँ – यु-१९ साफ च्याम्पियन्सिप फुटबल प्रतियोगितामा बिहिबार अफगानिस्तालाई सहजै बिजय हाँसील गरेको नेपालले भारतसँग उपाधि भिडन्त गर्ने भएको छ ।

उता भारतले पनि बंगलादेशलार्इ टार्इ ब्रेकरमा पराजित गरेपछि उपाधिका लागि नेपालले चिरप्रतिद्वन्द्वीसँग भिड्नुपर्ने भएको हो ।
नेपाल र भारतबीचको उपाधि भीडन्त शनिबार दिउँसो साढे तीन बजेबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा हुनेछ ।
नेपाल यसअघि भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलार्इ पाखा लगाउँदै फाइनलमा पुगिसकेको छ।