मस्यौदा विधेयकमाथि संविधानसभामा आज पनि छलफल जारी

भदौ १२, काठमाण्डौ—संविधानको मस्यौदा विधेयकमाथि संविधानसभामा आज पनि छलफल जारी रहने भएको छ ।  भोलि सम्म सभासदहरुले भनाई राखेपछि संसोधन प्रस्तावको समय दिइनेछ । संविधान विधेयक मस्यौदामा बोल्न नाम टिपाएका १ सय २७ जनाले अझै बोल्न बाँकी रहेकाले भोलिसम्ममा छलफल सकिने संविधानसभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार भोलि छलफल सकिएपछि भोलि नै संसोधन प्रस्ताव हाल्न समय दिइनेछ । संविधानसभाको बैठक दिउँसो १ बजे बोलाइएको संविधानसभा सचिवालयका सहप्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिनुभयो । सभासदहरुले संविधानसभामा भनाई राख्दै संघियतामा चासो राखेका छन् । सभासद्हरूले संविधान जारी हुन नदिन भएका अनेकाँै तानाबाना र षड्यन्त्रलाई परास्त तुल्याउँदै यथाशीघ्र संविधान जारी गर्ने कार्यमा सबैले सहयोग पु¥याउनुपर्ने बताएका छन् ।