केसीको स्वास्थ्य अवस्था खस्किदै

भदौ ११, काठमाडौँ – मेडिकल माफियाको नियन्त्रण र चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि माथेमा प्रतिवेदनका सुझाव तत्काल कार्यान्वयन माग गर्दै चार दिनदेखि अनशनमा बसेका प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्य खस्किएको छ । डा.केसीको स्वास्थ्य निगरानी गर्दै आएका डा. राजेन्द्रराज वाग्लेले उहाँको अवस्था खस्किदै गएको बताउनुभयो । सरकारसँग पटकपटक सम्झौता हुने तर कार्यान्वयन नहुँने प्रवृत्ति बढेपछि छैटौं पटक डा.केसी अनशनमा बस्नु भएको छ ।