नुवाकोटमा पहिरोमा परि पाँच भन्दा बढीको मृत्यु

भदौ ११, नुवाकोट – नुवाकोटको गोस्र्याङ गाँउ बिकास समिति वडा नम्बर २ काभ्रेमा गएराती पहिरो जाँदा ५ जना भन्दा बढीको मृत्यु भएको छ । नजिकैको ढुङ्गाखानी बग्दा दुई वटा घर हराएको छ । ती घरमा कति जना थिए अझै खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय नुवाकोटले ५ जनाको मृत्यु भएको पुष्टि गरेपनि सनाखत हुन नसकेको जनाएको छ ।

स्थानीहरुले दिएको जानकारी अनुसार पाँच जनाको शव पुरिएको अवस्थामा देखिएको छ । विहान सवेरै प्रहरी घटनास्थालमा पुगेपनि उद्धारमा कठिनाई भएको छ । पहिरोबाट छ जनालाई विजितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरिक्षक प्रधुम्न अधिकारीले जानकारी दिनुभएको छ । उद्धारका लागि प्रहरीको थप टोली घटनास्थलमा तर्फ प्रस्तान गरेको बताइएको छ । प्रहरी पुग्न अब चार घण्टा लाग्ने उहाँले बताउनुभएको छ ।

स्थानिय राजाराम अधिकारीले दिनुभएको जानकारी अनुसार पहिरोमा अझै मानिस जिवितै रहेको अनुमान गरिएको छ । पहिरो बगिरहेकोले उद्धारमा कठिनाई भएको र मृत्यु हुनेहरुको शव निकाल्ने प्रयास भईरहेको अधिकारीले बताउनुभयो । पहिरोमा अझै मानिसहरु देखिएपनि जिवित छन् या मृत्यु भएको अनुमान गर्न कठिनाई भएको अधिकारीले बताउनुभयो । त्यस्तै बीच गएराती नुवाकोटको सामरी गाउँ विकास समिति वडा नं. ७ मा पनि पहिरो गएको छ । घर बगाएको जानकारी पछि प्रहरी घटनास्थल तर्फ हिडेपनि थप विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।